Logo
Logo

ज्ञानेन्द्रसँग भेटेपछि रविन्द्रले भने- राजतन्त्र नफर्काए देशै रहँदैन


2.4k
Shares

काठमाडौं । लामो समय पत्रकारिता गरेर राजनीतिमा होमिएका नेता हुन्,  रवीन्द्र मिश्र । अहिले उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष छन् ।

पत्रकारिताकै क्रममा रवीन्द्र्रलाई राजावादीको आरोप लाग्थ्यो । र, उनका कतिपय अभिव्यक्तिहरू ‘पूर्वराजाहरू नै ठीक’ भन्ने पनि सुनिन्थ्यो ।  
साझा पार्टी, विवेकशील साझा पार्टी हुँदै रवीन्द्र राप्रपा पुग्दा उनी राजावादी नै हुन् भन्ने पुष्टि भयो । राप्रपा पुरानो राजावादी पार्टी हो । राप्रपाको नेता बनेपछि रवीन्द्रले खुलेरै राजाको पक्षमा बोल्दै आएका छन् । राजतन्त्र फर्काउनुपर्ने मत राख्दै आएका छन् ।

यसैबीच, रवीन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । उक्त भेटलाई रवीन्द्रले ‘१५ वर्षपछिको प्रेमपूर्ण भेट’ भनेका छन् ।
ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटपछि रवीन्द्रले फेसबुकमा लेखेका छन्– ‘बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष ।’

रवीन्द्रले स्वार्थकेन्द्रीत र अपरिपक्व राजनीतिकर्मीहरूले राजासँग व्यक्तिगत प्रतिशोध साँध्न १२ बुँदे सहमतिविपरीत राजतन्त्र नै फ्यालेको समेत आरोप लगाए । १२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने सहमति भए पनि राजतन्त्र नै फालिएको मिश्रले दावी गरेका छन् ।

मिश्रले राजालाई विदेशीको प्रभावमा पारेर गद्दीच्यूत गरिपछि दर्जनौँ स्वदेशी तथा विदेशी राजा जन्मेको समेत आरोप लगाएका छन् ।
ज्ञानेन्द्रसँगको भेटपछि मिश्रले गणतन्त्रमा राष्ट्रपति अभिभावकीय भूमिकामा रहने संवैधानिक व्यवस्थाविरुद्ध राजतन्त्रलाई अभिभावकीय भूमिकामा पुनःस्थापित गर्नुपर्ने धारणा राखेका छन् । नभए देश असफल हुने उनको तर्क रहेको छ ।

उनले फेसबुकमा लेखेका छन्– ‘नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिभावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन । ढिलो भइसकेको हुनेछ ।’

मिश्रले नेपालमा राजतन्त्र पुनःस्थापना भए नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दीर्घकालीन हितमा हुने समेत दावी गरेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनले अप्ठ्यारो जनमत दिएको छ । जुनसुकै बेला जस्तोसुकै बाटोमा डोर्‍याउनुपर्ने जनमत आएको बेला राजावादी पार्टी राप्रपाको पुनः उदयलाई समेत सन्देहात्मक रूपमा हेरिएको छ ।

वर्तमान सरकारमा राप्रपामा पनि सहभागी छ । आजभोलि नै सरकारमा जाने तयारीमा रहेको पार्टीका वरिष्ठ उपाध्यक्षले पूर्वराजासँग भेट्नुलाई पनि सन्देहात्मक मानिएको छ ।

राप्रपाको योजनामै वरिन्द्र र पूर्वराजाबीच भेटवार्ता भएको बुझिएको छ । पूर्वराजासँग रवीन्द्रले सरकारमा सहभातिाबारे समेत छलफल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्