Logo
Logo

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज टुंगो लगाइँदै


315
Shares

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलको बैठक आज बस्दै छ । एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

संयोजक पौडेलले बिहान ११ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने बताए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलको सुझाव समेट्दै साझा कार्यक्रमको ड्राफ्ट तयार पारिएको जानकारी दिए ।

अर्थ मन्त्रालयमा बिहीबार पनि कार्यदलको बैठक बसेको थियो । तर, सामान्य छलफल भए पनि न्यूनतम साझा कार्यक्रमको मस्यौदा सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्