काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको भएको जानकारी दिएका हुन् ।
मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेको मन्त्री पौडेलले बताए ।
यस्तै, कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च पनि सरकारले नै व्यहोर्ने उनले बताए ।












