Logo
Logo

रवि लामिछाने नेपाली नागरिक नभएको कानुन व्यवसायीकाे जिकिर


1.9k
Shares

काठमाडौं । कानुन व्यवसायीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा शुक्रबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा जारी बहसमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले सांसद पद खारेज हुनुपर्ने तर्क गरेका हुन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको र त्यसपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले भन्दै उनीहरुले लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन् ।

तर, सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् । अहिले बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्