Logo
Logo

सरकारी वकिलको तर्क- रवि लामिछानेलाई गैरनेपाली भन्न मिल्दैन


2.1k
Shares

काठमाडौं । सरकारी वकिलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई गैरनेपाली भन्न पनि नमिल्ने तर्क गरेका छन् ।
गृहमन्त्री लामिछानलेको नागरिकता विवादवारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ ।

सरकारको तर्फबाट सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मी बहस गर्दै रवि लामिछानेले सांसद र मन्त्री पदको समेत शपथ ग्रहण गरिसकेकाले उनीविरुद्ध अन्तरिम आदेश जारी गर्न नमिल्ने तर्क गरे ।

नागरिकता नलिएको कसैलाई पनि गैरनागकिर भन्न नमिल्ने उनको तर्क थियो । उनले भने, ‘नागरिकता लिएको छैन भन्दैमा कसैलाई पनि गैरनागरिक भन्न मिल्दैन, मेरो छोरो १५ वर्षको भएको छ । तर उसले नागरिकता नलिँदैमा गैरनागरिक, गैरनेपाली भन्न मिल्ने हो त ?’

यसअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको र त्यसपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले भन्दै उनीहरुले लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा शुक्रबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया दिनुहोस्