Logo
Logo

मधेश प्रदेशमा २८ पुसभित्र सरकार गठन गर्न आह्वान


441
Shares

जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । शुक्रबार सूचना जारी गर्दै उनले पुस २८ गते दिउँसो ४ बजेभित्र संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्