Logo
Logo

प्रदेश १ मा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्दै


1.4k
Shares

काठमाडौं । प्रदेश १ मा नेकपा एमालेले स्थायी कमिटीका सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भएको छ । 

कार्कीले एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका ६० सांसदको समर्थनमा  प्रदेश प्रमुख परशुराम खापुङ सक्षम सरकार निर्माणको दाबी गर्ने छन् ।

बाँडफाँटसहितको अन्य विषयमा पछि टुंगो लाग्ने एक नेताले बताए । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद रहेका छन् । प्रदेश १ का प्रमुख खापुङले नयाँ सरकार गठनका लागि तोकेको समय आज साँझ पूरा हुँदै थियो । 

प्रतिक्रिया दिनुहोस्