Logo
Logo

प्रदेश १ को सभामुख बन्दै बाबुराम गौतम



विराटनगर । प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूबिच भएको भागबन्डामा प्रदेश १ को सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको हो ।

माओवादी केन्द्रले सभामुख आफ्नोमा भागमा परेसँगै नेता गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । ओखलढुंगा १(२)बाट निर्वाचित गौतम माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।

नेता गौतमलाई माओवादीको हेडक्वाटरले सभामुखका रुपमा अगाडि बढाएको हो । यसअघि सभामुखमा संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीको नाम चर्चा थियो । तर, अन्तिम अवस्थामा गौतमलाई सभामुख बनाउने निर्णय भएको माओवादी केन्द्रमा एक नेताले बताएका छन् । उनका अनुसार प्रदेश १ को सभामुख गौतमलाई बनाउने पार्टीमा निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्