Logo
Logo

जसपा संसदीय दलको नेताका लागि लालबाबु र सरोजको उम्मेदवारी



धनुषा । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेताका लागी मधेस प्रदेशका मुख्यमनत्री लालबाबु राउत र निवर्तमान सभामुख सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवले जसपाको पार्टी कार्यालय पुगेर दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

दलका नेताका अर्का आकांक्षी सांसद राम अशिष यादवले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार उनले निवर्तमान सभामुख यादवलाई समर्थन गरेका हुन् ।

मधेश प्रदेशमा जसपाका १६ सांसद छन् । दलका नेता बन्नेले मुख्यमन्त्री बन्ने अवसर पाउने छन् । सत्तारुढ दलहरुबीच मधेश प्रदेशमा पहिलो चरणमा जसपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ ।

जसपा दलकाे नेताका लागि आज साँझ ५ बजेदेखि ६ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्