Logo
Logo

बागमतीको मुख्यमन्त्री बन्दै शालिकराम जमकट्टेल



काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वका लागि आज दाबी पेस हुँदैछ । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएको हो । माओवादी केन्द्रले शालिकराम जमकट्टेललाई मुख्यमन्त्रीका अगाडि सारेको छ । उनलाई एमाले र राप्रपाको समर्थन रहेको छ ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी सांसद कुमारी मोक्तानका अन्ुसार आज दिउँसो २ बजेसम्ममा मुख्यमन्त्री लागि दाबी पेश हुने भएको छ ।

११० सदस्यीय रहेको बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद रहेका छन् । सरकार गठनका लागि यो संख्या बहुमत हो ।

सत्ता साझेदार दलबीच आइतबार भएको सहमतिअनुसार ७ प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल र माओवादीले कर्णाली, आलोपालोअन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल) सरकारको नेतृत्व गर्ने भएका छन् ।

एमालेले नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्