Logo
Logo

जसपा मधेश प्रदेशले आज दलको नेता चयन गर्दै



धनुषा । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिए ।

फाइल फोटो

चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम समयमा उम्मेदवारी दिएनन । उनले सरोजकुमार यादवलाई समर्थन गरेका छन् । संसदीय दलका नेताका उम्मेदवार राउत यसअघि मधेश प्रदेशको मुख्यमन्त्री तथा यादव प्रदेश सभामुख थिए ।
आज साँझ ५ बजेदेखि ६ बजेसम्म निर्वाचन हुनेछ । जसपाका प्रदेशसभा सदस्यमा १६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्