Logo
Logo

गण्डकी : मुख्यमन्त्री खगराज र ३ मन्त्रीले लिए शपथ 


2.6k
Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीमा नियुक्त अधिकारीले सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका हुन् । 

मुख्यमन्त्री सँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेका सीतादेवी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

मुख्यमन्त्री अधिकारीलाई  एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्