Logo
Logo

लुम्बिनी प्रदेशको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने



बुटवल । लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने भएको छ । सुरुको साढे २ वर्ष एमालेले र त्यसपछिको साढे २ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्ने समझदारी भएको एक नेताले जानकारी दिए ।

दुबै दलका शीर्ष नेताहरु बसेर आलोपालो कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको हो । लुम्बिनीमा एमालेका २९ जना र माओवादी केन्द्रका १० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्