Logo
Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । पुस २५ गते (सोमबार) बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन् ।

माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवमं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

माओवादी केन्द्र बागमतीका संसदीय दलका नेता जम्मकट्टेलले नेकपा एमालेसहित ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्र केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी प्रतिपक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्