Logo
Logo

मधेश प्रदेशमा आज जसपाका सरोजकुमार यादवले मुख्यमन्त्री दावी पेश गर्दै



जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज (बुधबार) मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

सत्ता साझेदार दलहरुबीच पहिलो चरण जसपालाई दिने सहमतिअनुसार मधेसमा जसपा संसदीय दलका नेता यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भएको हो ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।

स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।
प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् । प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दाबी पेश गर्न भोलि साँझ ५ बजेसम्म समय दिएका छन्

प्रतिक्रिया दिनुहोस्