Logo
Logo

जसपाका सरोजकुमार यादव मधेसको मुख्यमन्त्री नियुक्त



काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) सरोजकुमार यादव नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार) संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

जसपा संसदीय दलको नेता समेत रहेका यादवले प्रदेश प्रमुख मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेको जसपा सांसद रामअशिष यादवले जानकारी दिए ।

१०७ जना सांसद रहेको मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १र१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित कूल ६३ जना प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री यादवले पुस २९ गते पद तथा गोनीयताको शपथ ग्रहण गर्नेछन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्