Logo
Logo

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रको दाबी


1.2k
Shares

धनगढी । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा समर्थन दिएपछि रावलले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्् ।

उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गथनका लागि २७ मत आवश्यक पर्छ । रावललाई एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपा एक सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्