Logo
Logo

प्रदेश १ : सभामुखको निर्वाचन आज



विराटनगर । प्रदेश १ मा सभामुखको निर्वाचन आज हुँदैछ । सभामुख पदमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी रहेको छ ।

एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।

दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेपछि माओवादीले ओखलढुंगा १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य गौतमलाई सभामुखको उम्मेदवार बनाएको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्