Logo
Logo

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि कांग्रेसका मानबहादुर रावल पनि भिड्दै



सुर्खेत । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । सुदूरपश्चिममा आज सभामुखका लागि निर्वाचन हुँदैछ ।

सुदुरपश्चिम प्रदेशसभा सचिवालयका अनुसार सभामुखका लागि नेपाली कांग्रेसका मानबहादुर रावल र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनय दर्ता गराएका छन् ।

यसअघि सभामुखको निर्वाचन तालिका अनुसार बुधबार मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो । मनोनय दर्ता गराएका रावल र भण्डारीमध्ये कसैले मनोनयन फिर्ता नलिएपछि बिहीबार निर्वाचन प्रक्रियाबाट सभामुख चयन गर्ने कार्यतालिका रहेको छ ।

माओवादी केन्द्रका भण्डारीलाई माओवादीसहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने कांग्रेसका रावललाई कांग्रेससहित नेकपा एकीकृत समाजवादीको साथ छ । यहाँ एक स्वतन्त्र उम्मेदवार छन् । उनले कसलाई समर्थन गर्ने भन्ने खुलेका छैनन् ।

सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सत्तारुढ गठबन्धनको साथ रहेकाले माओवादीका भण्डारी सभामुखमा निर्वाचित हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्