Logo
Logo

बाबुराम गौतम प्रदेश १ को सभामुख निर्वाचित



विराटनगर । प्रदेश १ का सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकले गौतमलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमलाई एमालेका रेवती रमण भण्डारीको प्रस्तावमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपालबहादुर विश्वकर्माको समर्थनले समर्थन गरेका थिए ।

सभामुखमा गौतमको एकल उम्मेदवारी परेकाले बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य गयानन्दन मण्डलले गौतम सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए । केन्द्रमा भएको सहमतिअनु्सार उपसभामुख एमालेको भागमा परेको छ । तर, एमालेभित्रै उपसभामुखका लागि चार जना आकांक्षी रहेका छन् ।

आज बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचनका लागि तालिका सार्वजनिक गर्ने कार्यसूची छ । उपसभामुखको निर्वाचन पुस ३० गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्