Logo
Logo

कर्णाली : मुख्यमन्त्रीसहित थप ३ मन्त्रीले शपथ लिँदै



सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले आज (बिहीबार) पद तथा गोपनीयता शपथ लिँदैछन् ।

बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् । आज नियुक्त हुने मन्त्रीले कुन

मन्त्रालय सम्हाल्नेछन् भन्ने टुंगो लाग्न बाँकी छ । स्रोतका अनुसार हाल सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाटको विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्