Logo
Logo

विश्वासको मत लिनअघि प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले विश्वासको मत लिनुअघि शुक्रबार माओवादी केन्द्रका दुई र एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् ।

तर, त्यस अघि नै उनले माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।

आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरुले केहीबेरमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्