Logo
Logo

प्रदेश १ मा थपिएका तीन मन्त्रीले लिए शपथ



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थपिएका तीन मन्त्रीले आजै शपथ लिएका छन् । यससँगै प्रदेश १ मा ७ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले आज शपथ लिँदैछन् । त्यसका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

नवनियुक्त तीन मन्त्रीमा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी छन् । यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ ।

नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ लिएका तीनजना मन्त्री पनि विनाविभागीय छन् ।

एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रापाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ)लाई यसअघि नै मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्