Logo
Logo

भरतप्रसाद साह माओवादी मधेस प्रदेश संसदीय दलको नेता निर्वाचित



जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन् ।
शुक्रबार बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका हुन् ।

सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गर्नुभएको जनाइएको छ । माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन् ।

प्रतिक्रिया दिनुहोस्