Logo
Logo

सुदूरपश्चिममा सभामुखको निर्वाचन स्थगित



सुर्खेत । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चिकालका लागि स्थगित भएको छ । बिहीबार भएको निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुनः मतदानको समय तोकिएको थियो । तर, आज बसेको सर्वदलीय बैठकमा पुनः मतदानबारे सहमति हुन नसक्दा अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सर्वदलीय बैठकमा सभामुखको पुनः निर्वाचन र संवैधानिक अड्चनका विषयमा कानूनी परामर्श गर्ने मौखिक समझदारी बनेको छ । सुदूरपश्चिममा प्रदेशसभा सदस्यले पुस १५ गते पद तथा गोपनियताको सपथ लिएका थिए । संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सो अनुसार ३० पुसमा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेकपा माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्