Logo
Logo

मधेसका मुख्यमन्त्री सरोजसँगै तीन मन्त्रीले लिए शपथ



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री यादवले भोजपुरी भाषामा सपथ लिएका थिए । जसपाबाट बाराको क्षेत्र नम्बर १ को (ख)बाट उनी निर्वाचित भएका हुन् । मुख्यमन्त्री यादवले तत्काल तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै प्रदेश प्रमुख मिश्रले सपथ गराएका छन् ।

नेकपा एमालेका सरोजकुमार यादव, जनता समाजवादी पार्टीबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट बसन्त कुशवाहाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

यस्तै, जनमतले भूमि व्यवस्था तथा कृषि सहकारी र माओवादीले उद्योग पर्यटन तथा वन मन्त्रालय लिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्