Logo
Logo

नेमकिपाका सिर्जनालाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत



हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सायजुलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशसभाले अस्वीकृत गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सायजुको पक्षमा जम्मा ३ मत परेको थियो । प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए । विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ । ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्