Logo
Logo

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिएनन् ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेसले विपक्षमा मत दिएको छ ।
सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ भने बैठकमा उपस्थित भएनन् । अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएसँगै अब मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्