Logo
Logo

उद्योगी-व्यावसायी निरास नहुने गरी काम गर्छु : अर्थमन्त्री


252
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यावसायीलाई निरास हुन नदिने गरी काम गर्ने बताएका छन् ।

आज (शुक्रबार) मन्त्रालयमा नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यावसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन् ।

उनले सरकारले व्यावसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उद्योगी व्यावसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउँदै उनले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्