Logo
Logo

कर्णाली प्रदेश : सभामुखका लागि आज उम्मेदवारी दर्ता


441
Shares

सुर्खेत । कर्णाली प्रदेशमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

यस्तै अपराह्न ५:१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५:३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।

साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०:३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यद्यपि अहिलेसम्म सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छैन । एमालेबाट अहिलेसम्म तीन जना सभामुखका आकाङ्क्षी देखिएका छन् । सभामुखको लागि सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्