Logo
Logo

सुदूरपश्चिममा सभामुखका लागि साँझ ६ बजे निर्वाचन



धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे निर्वाचन हुने भएको छ । शनिबार बिहान बसेको सर्वदलीय बैठकले ोि निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रदेशमा माओवादीबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन नसकेपछि शुक्रबार तय गरिएको थियो । तर, शुक्रबार पनि सहमति हुन नसकेपछि शनिबार सर्वदलीय बैठक बसेको थियो ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ । यहाँ सत्तारुढ दलका उम्मेदवार भण्डार सभामुख बन्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्