Logo
Logo

रामकृष्ण बराल शान्ति समाजको सभापति निर्वाचित


819
Shares

बुटवल । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् ।

शनिबार पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५औं राष्ट्रिय परिषद् बैठकले बराललाई सभापति निर्वाचित गरेको हो ।

२७ सदस्यीय कार्यसमिति मध्ये सभापति र वरिष्ठ उपसभापति निर्वाचनबाट र अरु पद सर्वसम्मत निर्वाचित गरिएको निवर्तमान सभापति गोविन्द खनालले बताए । समाजको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल, उपसभापतिहरूमा पुष्पा मल्ल, राजेन्द्र पौडेल रहेका छन् ।

यस्तै, महासचिवमा रेनुका पौडेल, कोषाध्यक्षमा किरण ढकाल, निर्वाचित भएका छन् भने सचिवहरुमा प्रदेश नं १ मा लक्ष्मी नारायण मिश्र, मधेश प्रदेशमा अमर बहादुर गौतम, बागमती प्रदेशमा चन्द्रमणि बन्जरा, गण्डकी प्रदेशमा सिताराम तिवारी, लुम्बिनी प्रदेश सन्तोष अधिकारी क्षेत्री, कर्णाली प्रदेशमा प्रकाश शाही, सुदूरपश्चिम प्रदेश सचिवमा भक्त बिक, जनजाति सचिव रामप्रसाद जोसी, दलित सचिव निर्मल नेपाली, महिला सचिवमा मिना ढकाल, मधेशी सचिवमा सन्तोष रौनियार निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा नम्रता खरेल, फुलमाया सुना, जानुका अधिकारी, मिरादेवि अधिकारी, विनोदकुमार अधिकारी, ज्ञानेन्द्र निरौला, डिपी खनाल, दिल्ली जैसी , तुल्सीराम सुनार, देवराज भट्टराई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्