
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक लाख पाँच हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।











