काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । आइतबार बिहान पोखराका लागि उडेको यतीको विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

अहिले मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । क्याबिनेट बस्नुअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पुगेका थिए ।











