
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
जारी विज्ञप्तिमा आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
आज (आइतबार) बिहान १०स्३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।











