Logo
Logo

पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन


1.5k
Shares


काठमाडौं । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन गरेको छ ।

आज बिहान पोखराको सेती खोँच नजिकै यति  एयरलाइन्सको विमान दुर्घटना भएपछि आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठक दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो ।

जाँच आयोगमा पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको बैठकपछि सरकारका प्रवक्त तथा उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल जानकारी दिए ।

उनका अनुसार अनुसार सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् । आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।

दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई म्याण्डेट दिइएको मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्