Logo
Logo

काठमाडौंबाट उडेको १८ मिनेटमा दुर्घटना, कुन देशका कति सवार थिए ?


1.3k
Shares

काठमाडौं । यती एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमै पोखराको विमानस्थल नजिकै सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएअनुसार यती एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो । ‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात विमान दुर्घटना भएको देखिन्छ’ नागरिक उडड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विमान ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आले मगरसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्