
काठमाडौं । भीड बढेर उद्दार प्रभावित हुने भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति एयरको दुर्घटनाग्रस्त क्षेत्र निरिक्षण गर्न पोखरा नजाने भएका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको जानकारी दिए ।
केही बेर अघि सम्पन्न मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जाने निर्णय गरेको थियो ।
प्रधानमन्त्री नेतृत्वको टोली पोखरा जाने भए पछि नेपाली सेनाको हेलिकम्पुर बालुवाटार पुगेको थियो । तर, प्रधानमन्त्री नेतृत्वको टोली तत्काल नजाने भएपछि फर्केको छ ।











