Logo
Logo

१७ वर्ष अघि यतीकै दुर्घटनामा श्रीमान गुमाए, यतीकै दुर्घटनामा को-पाइलट अञ्जु अस्ताए


5.6k
Shares

काठमाडौं । सन् २००६ मा जुम्लामा यती एयर जहाज दुर्घटना भयो । दुर्घटनामा दीपक पोखरेलले निधन भएको थियो । 

श्रीमान दीपकको निधनपछि श्रीमती अञ्जु खतिवडा एक्लै भए । पति वियोगको पीडालाई शक्तिमा बदल्न अञ्जु आफैले पाइलट बन्न साहस बटुले । र, अमेरिका गएर पाइलट पढे । 

तर, अञ्जुलाई के थाहा– सोही विमानबाटै मरण लेखेको छ भन्ने !

आइतबार बिहान पोखरामा यती एयरको जहाज दुर्घटना भयो । उनै अञ्जु को–पाइलट थिए । र, उही यतीकै दुर्घटना अञ्जुले पनि महाप्रस्थान रोजे ।

यति एयरको एटिआर ७२ विमान ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाए । विराटनगर मोरङका अञ्जु को–पाइलट थिइन् ।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएका थिए । जानकारी अनुसार आजको उडानपछि अञ्जु पनि पाइलट बन्दै थिए । तर, अब त्यो पूरा हुने छैन । 

यति एयर अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्