Logo
Logo

दुर्घटनाका हजारौं घाइतेलाई बचाएका डा. सुशील परिवारसहित दुर्घटनामै अस्ताए


1.3k
Shares

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा डा. सुशील श्रेष्ठ, उनका श्रीमती र छोराको निधन भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनका छोरा तीनै जनाको दुर्घटनामा निधन भएको छ ।

श्रेष्ठ दुई वर्षदेखि ट्रमा सेन्टरमा कार्यररत थिए । उनी परिवारसहित छुट्टी मनाउन पोखरा पोखरा गएका हुन् । तर, अब उनी कहिले फर्कने छैनन् ।

एक चिकित्सकको रुपमा हजारौंको ज्यान बचाएका डा. श्रेष्ठ परिवारसहित दुर्घटनामा अस्ताएका छन् । ट्रमा सेन्टरमा दुर्घटनामा परेका घाइतेहरुको उपचार हुने गर्दछ ।

डा. सुशीलका श्रीमती डा. सोना बच्चा जन्मिएपछि काम छाडेर बसेका थिए । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेका थिए । विशेषज्ञ चिकित्सकका तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्