
काठमाडाैं । हिजो (आइतबार) पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । उक्त जहाजमा ७२ जना सवार थिए ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।
रातीसम्म उद्धार तथा खोजी कार्य भएपनि ३ जना फेला नपरेपछि उद्धार कार्य स्थगित भएको गरेको थियो । सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएका कारण सोमबार बिहानैदेखि उद्धार कार्य थाल्ने गरी स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
आज बिहानैदेखी उनीहरुको खोजी कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । दुर्घटनामा परि मृत्यु भएका पहिचानखुलेका पोखरा र आसपासका व्यक्तिको शव आज बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने र काठमाडौँका र आफन्त काठमाडौँ नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी रहेकाे उनले बताए ।











