Logo
Logo

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित


756
Shares

काठमाडौं । हुस्सु र कुहिरो लागेका कारण आज आन्तरिक उडान प्रभावित भएको छ ।

मौसममा बदली आई बिहान बाक्लो हुस्सु र कुहिरो लागेका कारण सबै विमानस्थलमा आन्तरिक तर्फका उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ । भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान-अवतरण भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्