Logo
Logo

बागमती प्रदेश उपसभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता


504
Shares

हेटौडा । बाग्मती प्रदेशसभा उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जस अनुसार एमालेबाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्