काठमाडौं । आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ ।
सनाखत भएको शव पोखरास्थित गण्डकी अस्पतालमा पोस्टमार्टम गर्न थालिएको हो ।

शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने तयारी भएको प्रहरीले जनाएको छ । पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइने गण्डकी प्रदेशका डिआइजी रामदत्त जोशीले जानकारी दिए ।
घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । हालसम्म ६९ जनाको शव भेटिएको छ । विमानमा सवार ३ जनाको अवस्था अझै अज्ञात छ ।











