Logo
Logo

पोखरा जहाज दुर्घटना : अझै फेला परेनन् तीन जना


1.1k
Shares

काठमाडौं । आइतबार पोखरमा भएको यती एयरलाइन्सको जहाज दुर्घटना परी मृत्यु हुनेको तीन जनाको शव अझै फेला परेको छैन ।

आज (सोमबार) नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले बिहानैदेखि खोजी तथा उद्दार गरेका थिए । आज थप एकजनाको शव भेटिए पनि अझै तीन जना भने बेपत्ता रहेका छन् । खोजी तथा उद्दारको काम मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार साँझसम्म ६९ जनाको शव फेला परको छ । फेला परेकामध्ये ३८ जनाको सनाखत भएको छ । पहिचान भएका र आफन्तहरू उपस्थित भएकाको केही शव भने पोखराबाटै बुझाइएको छ ।

फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ । यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ ।

आइतबार काठमाडौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएसी जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्