Logo
Logo

सुदूरपश्चिम : सभामुख निर्वाचनमा नागरिक उन्मुक्तिले माओवादीलाई मत दिने



काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुख निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दललाई मतदान गर्ने भएको छ ।
आज (सोमबार) बसेको उन्मुक्ति पार्टीको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले सत्तारुढा दलबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भीम भण्डारीलाई मतदान गर्न निर्देशन दिएका हुन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्दा सभामुखमा सत्ता गठबन्धन र कांग्रेसका दुवै उम्मेदवारले बहुमत ल्याउन असफल भएका थिए ।

पहिलो दिन पुस २८ गते भएको निर्वाचनमा एक मत बदर हुँदा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले बहुमत पुर्याउन सकेनन् ।

पुस ३० गते भएको निर्वाचनमा भने नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्दा माओवादीका भण्डारी र नेपाली कांग्रेसका उम्मेदवार मानबहादर रावल दुवैले बहुमत ल्याउन सकेका थिएनन् ।

आज पुनस् मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शोकका कारण बैठक बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस्