
१, सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डा मिलेको दाबी, एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने, माओवादी केन्द्रललाई ४ मन्त्री र एक राज्यमन्त्री, रास्वपाले ३ मन्त्रालय पाउने, राप्रपा र जसपाले २–२ मन्त्रालय पाउँदा जनमत, नागरिक उन्मुक्ति र लोसपालाई एक–एक मन्त्रालय छुट्याइयो ।

२, पोखरामा विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौं ल्याइने, दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला, पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने, बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार काठमाडौं ल्याइने ।

३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री छनोट गर्ने जिम्मा सभापति रवि छामिछानेलाई, विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी सभापाति तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने रास्वपाको संसदीय दलको निर्णय, सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनैलाई ।

४, नेपालमा सञ्चालित एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको दाबी, पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण, परीक्षणमा कुनै प्राविधिक त्रुटि फेला नपरेको भनाइ ।

५, यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपालमा, क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलद्वारा जानकारी, दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने ।

६, विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको नेपालका पर्वतीय पर्यटनको छाता संस्था टानको भनाइ, कोरोना भाइरसको महामारीबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति, नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्वपूर्ण कदम चाल्नुपर्ने माग ।

७, अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने गृहमन्त्री रवि लामिछानेको भनाइ, प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने, सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा ।

८, चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित, पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली, यो अवधिमा भन्सार राजस्व सङ्कलन सबैभन्दा बढी प्रभावित ।

९, नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोरद्वारा पुनः आवेदन, अघिल्लो वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक छाडेर भारतीय रणजी ट्रफी बरोडा हेर्न गएका देव ह्वाटमोरले दिए फेरि आवेदन, ह्वाटमोरले पनि आवेदन दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा पुष्टि ।

१०, अफगानिस्तानका पूर्वसांसदको गोली हानी हत्या, काबुलस्थित आफ्नै घरमा बसिरहेका बेला ३२ वर्षीया मरसल नविजादाको गोली हानी हत्या, पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या, गोली लागेका नविजादाका भाइ भने खतरामुक्त ।















