काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाएको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाट टुंगो लगाएको थियो । तर, भागवण्डाप्रति असहमति जनाउँदै जसपाले निर्णय पुनर्विचार गर्न भनेको छ ।
अन्यथा नभए आफूहरु सरकारमा सहभागी नहुने चेतावनी समेत दिएको छ । ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुदैन,’ प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने ।
जसपाले उपराष्ट्रपति दाबी गरेको थियो । तर उपराष्ट्रपति माओवादीको भागमा परेपछि जसपाले बाँडफाँटमा असन्तुष्टि जनाएको हो ।
गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ८ वटा मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री र जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको छ ।














