
काठमाडौं । इपिएस मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडादर घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडादर घटाइएको हो ।
यसअघि १२०० डलरभन्दा बढी पैसा तिर्नुपर्ने थियो । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्नेे हुन्छ ।
उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने उनले बताए । सम्झौता अनुसार ईपीएस मार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइने छ ।











