
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनियुक्त मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका छन् । मंगलबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मन्त्री बनेकाहरू सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि गएका हुन् ।
राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् । मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ ।











